विदुरमा ‘मनसुन–५’ विपद् प्रतिकार्य अभ्यास तथा डेमोस्ट्रेशन कार्यक्रम सम्पन्न

नुवाकोट, जेठ ३० – मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नुवाकोट जिल्लाको विदुर नगरपालिका–५ स्थित बाणाचौतारामा ‘मनसुन–५’ विपद् प्रतिकार्य अभ्यास तथा डेमोस्ट्रेशन कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको सभापतित्वमा कार्यक्रम सञ्चालन गरिएको थियो।
जिल्ला विपद् व्यवस्थापन समिति (DDMC) सँगको सहकार्यमा बहादुर श्री शेर गण, नुवाकोटको नेतृत्वमा सञ्चालन गरिएको सो संयुक्त अभ्यासमा विभिन्न सुरक्षा निकाय, स्वास्थ्य संस्थाहरू र नागरिक समाजका संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।
उक्त अभ्यासमा विदुर नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल १९ नं गुल्म, त्रिशूली अस्पताल, जनस्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, नुवाकोट उद्योग वाणिज्य संघलगायत विपद् व्यवस्थापनमा क्रियाशील संघसंस्थाहरूको समन्वयमा खोज तथा उद्धार, प्राथमिक उपचार, उद्दार व्यवस्थापन लगायतका कार्यहरूको अभ्यास प्रस्तुत गरिएको थियो।
यस प्रकारको अभ्यासले विपद्का बेला प्रभावकारी व्यवस्थापन तथा समन्वय गर्ने क्षमताको विकासमा सहयोग पुग्ने आयोजक संस्थाहरूले जनाएका छन्।