भारत विमान दुर्घटना अपडेटः चालक दलका १२ सदस्यसहित २४१ जनाको मृत्यु



नयाँदिल्ली,जेठ ३० । भारतको अहमदाबादमा हिजो दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा सवार २ सय ४२ यात्रु मध्ये १ जनाको जीवितै उद्दार गरिएको छ । चालक दलका १२ सदस्य सहित अन्य २ सय ४१ जनाको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनाग्रस्त विमानबाट जीवितै उद्दार गरिएका बेलायती नागरिक विश्वासकुमार रमेश विमानबाट उछिट्टिएर बाँच्न सफल भएका छन् । उनको अहमदावादकै अस्पतालमा उपचार भइरहेको छ ।

विमान उडेको केहीबेरमै आवासीय क्षेत्रमा खसेकाले जमिनमा पनि धेरै क्षति भएको अनुमान गरिएको छ । क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन । जमिनमा रहेकाहरुको मानवीय क्षति भए नभएको विवरण पनि आइसकेको छैन । घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

पश्चिम भारतीय शहर अहमदाबादबाट बेलायतको लण्डनस्थित ग्याटविक विमास्थलका लागि उडेको एयर इन्डियाको विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्