बेलकोटगढीमा ब्यावसायिक व्युटिपार्लर सीप विकास तालिम सम्पन्न



नुवाकोट,जेठ ३० – बागमती प्रदेश सरकार र बेलकोटगढी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गतको १ महिनाको ब्यावसायिक व्युटिपार्लर थप सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिमको समापन कार्यक्रम विशेष उत्साहका साथ सम्पन्न गरिएको थियो। कार्यक्रमले विशेष गरी बेलकोटगढी नगरपालिका वडा नं. ७ र ८ का महिलालाई लक्षित गर्दै उनीहरूको सीप विकाससहित आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्य लिएको थियो।

समापन कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरूले यस्तो प्रकारका व्यावसायिक सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै समाजमा सम्मानजनक जीवनयापन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। तालिममा सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नै क्षेत्रमा उपयोग गरी स्वरोजगार हुने र स्थानीय स्तरमै व्यवसाय सञ्चालन गर्ने लक्ष्य राखेको जनाइएको छ।

नगरपालिका र प्रदेश सरकारको सहकार्यमा आगामी दिनहरूमा पनि यस्ता महिला सशक्तीकरण केन्द्रित कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्