झोर महाङ्काल माविमा काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

टोखा,जेठ ३० – नेपाल श्रष्टा समाज, बागमती प्रदेशको आयोजनामा “काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम शुक्रबार झोर महाङ्काल माध्यमिक विद्यालय, टोखा–१ मा आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा विद्यार्थीलाइ शैक्षिक सामग्री वितरण गर्नुका साथै साहित्यप्रेमी विद्यार्थीहरूबाट कविता वाचन पनि प्रस्तुत गरिएको थियो। काव्य वाचनले विद्यार्थीहरूमा सिर्जनशीलता अभिवृद्धि गर्न सहयोग पुर्याउने आयोजकहरूको विश्वास छ।
कार्यक्रमको आयोजनाबाट विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि र साहित्यप्रतिको झुकाव अझ बढ्ने अपेक्षा गरिएको छ। आयोजक संस्था नेपाल श्रष्टा समाज, बागमती प्रदेशले यस प्रकारका कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर रूपमा गर्दै जाने प्रतिबद्धता जनाएको छ।