नागढुंगामा माइक्रो दुर्घटना, १९ जना घाइते



काठमाडौँ,जेठ ३१ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको एक माइक्रोबस आज अपराह्न नागढुंगामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराका अनुसार पिपलबोट नजिक बा ३ ख ८६२९ नम्बरको माइक्रो करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित १९ जना घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल उद्धार गरी एपिएफ अस्पताल बलम्बुमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्