धरमपानी पौवा खानेपानी योजनाको नगरप्रमुखद्वारा स्थलगत निरीक्षण

नुवाकोट, जेठ ३१ । विदुर नगरपालिका वडा नं. २ स्थित धरमपानीमा नगरस्तरीय बजेटमार्फत निर्माण भइरहेको “धरमपानी पौवा खानेपानी आयोजना”को नगरप्रमुख राजन श्रेष्ठले स्थलगत अवलोकन गरेका छन् ।
अवलोकनको क्रममा नगरप्रमुख श्रेष्ठले तोकिएको मापदण्ड र गुणस्तर अनुसार काम सम्पन्न गरी निर्धारित समयसीमाभित्रै योजनाको कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।
स्थलगत निरीक्षण कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष दीपक कायस्थसहित स्थानीय सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त निरीक्षण शनिबार सम्पन्न भएको हो।