छहरे-टोखा सडकखण्डमा सुमो दुर्घटना, यात्रु सकुशल



नुवाकोट, जेठ ३१– छहरे–टोखा सडकखण्डमा सवारी साधनको लापरवाही बढिरहेका बेला शनिबार साँझ पुनः एक दुर्घटना भएको छ।

काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको ना १ ज ६८३९ नम्बरको सुमो गाडी छहरे बजार नजिकैको घुम्तीमा अनियन्त्रित भई सडक छेउमा  चिप्लिएर रुखमा अड्किएको हो। स्थानीयका अनुसार गाडी तीव्र गतिमा रहेको थियोे ।

गाडीमा सवार ५ जना यात्रु सकुशल छन् भने जेसीबीको सहायतामा गाडीलाई तानेर उद्धार गरिएको छहरेस्थित अस्थायी प्रहरी पोस्टले जनाएको छ।

घटनास्थलमा प्रहरीको टोली पुगेर थप अनुसन्धान गरिरहेको छ। पछिल्लो समय उक्त सडकखण्डमा सवारी चालकको लापरवाही र सडक सुरक्षाको कमीका कारण दुर्घटनाको जोखिम बढ्दो छ।

प्रतिक्रिया दिनुहोस्