भद्रुटारले आगामी आर्थिक वर्षको योजना तर्जुमा तथा वार्षिक बजेटमा सुझाव संकलन कार्यक्रम गर्दै

नुवाकोट,असार १ — पञ्चकन्या गाउँपालिका–५, भद्रुटारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि योजना तर्जुमा तथा कार्यक्रम सम्बन्धी वार्षिक बजेट तयार गर्न सुझाव संकलन कार्यक्रमको आयोजना गर्ने भएको छ।
गाउँपालिकाको वडा नम्बर ५ कार्यालय, मिश्राको पधेरोमा यही असार ५ गते बिहान ११ बजे कार्यक्रम तय गरिएको हो। उक्त कार्यक्रममार्फत सरोकारवालाहरूको सुझाव तथा राय संकलन गरिने जनाइएको छ।
कार्यक्रममा वडास्तरिय योजना तर्जुमा समिति, विद्यालय प्रतिनिधि, युवासंघ, संघसंस्था, शिक्षक, समाजसेवी, कृषक लगायत स्थानीय सरोकारवालाहरूको सहभागिता अपेक्षित गरिएको वडा अध्यक्ष माधव प्रसाद सिटौलाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
कार्यक्रममा सक्रिय सहभागिता जनाई आगामी बजेट तथा योजनालाई जनउत्तरदायी बनाउन अनुरोध गरिएको छ।
