त्रिशूली अस्पतालमा अनलाइन टिकट सेवा सुरु



नुवाकोट,असार १ । नुवाकोटको त्रिशूली अस्पतालले अनलाइन टिकट सेवा सुरु गरेको छ। अब बिरामीले अस्पतालको वेबसाइटबाट आवश्यक सेवा छानेर टिकट लिन सक्नेछन्।

मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र लामाका अनुसार यस सुविधाबाट नुवाकोटसहित रसुवा र धादिङका सेवाग्राही लाभान्वित हुनेछन्।

अस्पतालले यसअघि टोक प्रणाली लागू गरिसकेको थियो। अनलाइन टिकट व्यवस्थाले बिहानै लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने र सेवा सहज हुने अस्पताल विकास समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले बताए।

एक सय शैयाको यो जिल्ला अस्पतालमा हाल विशेषज्ञ चिकित्सकबाट सेवा दिइँदै आएको छ। दैनिक करिब ३०० बिरामी आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्