विदुरमा व्याडमिन्टन कभर्ड हल उद्घाटन, जिल्लास्तरीय प्रतियोगिता सुरु

नुवाकोट, असार १ । विदुर नगरपालिका–९ को कोलनीमा नगरपालिकाको लगानीमा निर्माण गरिएको व्याडमिन्टन कभर्ड हलको उद्घाटन गरिएको छ ।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले उक्त कभर्ड हलको उद्घाटन गर्दै खेलकुद पूर्वाधारको विकासले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा जिल्ला खेलकुद विकास समिति नुवाकोटद्वारा आयोजित जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता पनि नगरप्रमुख श्रेष्ठबाट उद्घाटनसंगै सुरु भएको छ ।
स्तरउन्नति सहितको संरचनामा सञ्चालनमा आएको यो कभर्ड हलले आगामी दिनमा जिल्ला तथा प्रदेशस्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।