पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं,असार १ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ।
त्यसैगरी डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ।
वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
