बागमती प्रदेशको ६७ अर्ब बढीको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्यमा प्राथमिकता



हेटौंडा,असार १ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज माफ्लेले आज प्रदेशसभा बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै चालु खर्चतर्फ २६ अर्ब ४ करोड ४६ लाख र पूँजीगत खर्चतर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

बजेट स्रोततर्फ कर राजस्वबाट २८ अर्ब ८७ करोड ८२ लाख, संघीय सरकारको अनुदानबाट १६ अर्ब ९८ करोड ९४ लाख, र अन्य श्रोतबाट २१ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ संकलन गरिने अनुमान गरिएको छ।

मन्त्री माफ्लेले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, महिला सशक्तिकरण र रोजगारी सिर्जना क्षेत्रलाई बजेटले प्राथमिकता दिएको उल्लेख गरे। साथै, बजेट कार्यान्वयनमा पारदर्शिता र परिणाममुखीता सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रतर्फ ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी—एक घण्टा मेरो लागि’ अभियान सञ्चालन गरिने समेत बजेटमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्