बढ्याे प्रेट्राेल र डिजेलकाे मूल्य, यस्ताे छ नयाँ मूल्य सूची

काठमाडाैं,असार २। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आजदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढाएको हाे ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
नयाँ मूल्य अनुसार पहिलो वर्ग चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्ग सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछभने डिजेल-मट्टीतेलको प्रतिलिटर १४४ रूपैयाँ पर्नेछ।
र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ पर्नेछ।
