जीउ मास्ने बेच्ने मुद्दामा फरार अभियुक्त नुवाकोट दुप्चेश्वरबाट १६ वर्षपछि पक्राउ

नुवाकोट,असार २— पुनरावेदन अदालत इलामबाट जीउ मास्ने बेच्ने अभियोगमा ३ वर्ष ८ महिना ४ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी नुवाकोटमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम लामाका अनुसार, प्रहरी चौकी समुद्रटारबाट खटिएको टोलीले दुप्चेश्वर गाउँपालिका–१ निवासी ५३ वर्षीय दावा तामाङलाई जेठ ३० गते बिहान घरबाटै पक्राउ गरेको हो।
दावामाथि २०६५ पुस १३ गते अदालतले फैसला सुनाएको थियो। उनलाई आवश्यक कारबाहीका लागि नुवाकोट जिल्ला अदालतमा बुझाइएकोमा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय खम्पाक्याप, नुवाकोट पठाइएको प्रहरीले जनाएको छ।