तेस्रो सुपर ओभरमा नेपाल पराजित

स्कटल्याण्ड,असार ३ । स्कटल्याण्डमा जारी टि–२० त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार राति नेपाल र नेदरल्यान्ड्सबीचको खेल रोमाञ्चक तवरमा सम्पन्न भएको छ। निर्धारित २० ओभरमा दुवै टिमले समान १५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
पहिलो सुपर ओभरमा दुबै टोलीले १९ रन बनाए। त्यसपछि दोस्रो सुपर ओभरमा समेत दुवैले १७ रन बनाउँदै खेलको नतिजा अझै टुङ्गो लागेन। अन्ततः निर्णय तेस्रो सुपर ओभरमा धकेलियो।
तेस्रो सुपर ओभरमा ब्याटिङ गरेको नेपालले कुनै रन बनाउन सकेन। जवाफमा नेदरल्यान्ड्सले पहिलो बलमै छक्का प्रहार गर्दै १ रनको लक्ष्य सजिलै पूरा गर्यो र खेलमा रोमाञ्चक जित हात पार्यो।
यो हारसँगै नेपालले सिरिजमा एउटा जित र दुई हार ब्यहोरेको छ।