विनयी खोलाले फेरि बगायो डाईभर्सन



पूर्वी नवलपरासी,असार ३ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको दुम्किबासमा डाईभर्सन बगाएको छ । गएराति परेको वर्षासँगै खोलामा आएको बाढीले विनयी खोलामा निर्माण गरिएको डाईभर्सन बगाएको प्रहरीले जनाएको छ ।

डाईभर्सन माथिबाट पानि बगेको कारण बाटो बन्द भएपछि यात्रुवाहक सवारी साधन र साना सवारी साधनहरु होङ्गसी गेटबाट सर्दी हुँदै बैकल्पिक सडकबाट संचालन गरिएको छ ।

मालबाहक ठुला सवारी साधनहरु भने रोकीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख जनकराज बन्जाराले बताए ।

गत पुस महिनामा ओभरलोडको भारतिय गाडिको ठक्करबाट पुल भाचिएपछि डाईभर्सनबाट यातायात संचालन हुदै आएको छ । खोलामा पानीको बहाव घटेपछि डाईभर्सन मर्मतको काम गर्ने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारी साधन र साना सवारी साधनलाई होङ्गसी गेटबाट उत्तर सर्दी हुदै करिब २५ किलोमिटरको घुमाउरो बैकल्पिक मार्गबाट संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्