पञ्चकन्यामा सुन्तला बेर्ना वितरण तथा रोपण कार्यक्रम सम्पन्न



नुवाकोट, असार ३ – पञ्चकन्या गाउँपालिका–४, आरुखर्कमा नमुना स्वावलम्बन कृषि तथा पशुपालन समूहको आयोजनामा सुन्तला बेर्ना वितरण तथा रोपण कार्यक्रम सम्पन्न गरिएको छ।

पञ्चकन्या गाउँपालिका कृषि विकास शाखाको वार्षिक स्वीकृत “सुन्तला पकेट कार्यक्रम २०८१” अन्तर्गत कार्यक्रम संचालन गरिएको हो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, वडा अध्यक्ष सञ्च तामाङ तथा कृषि शाखाका प्राविधिकहरूको उपस्थिति रहेको थियो।

कृषकहरूको आत्मनिर्भरता र दीर्घकालीन आम्दानी सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा कृषकहरूलाई प्राविधिक परामर्शसहित सुन्तलाको गुणस्तरीय बेर्ना वितरण गरिएको आयोजक समूहले जानकारी दिएको छ।

आर्थिक तथा प्राविधिक सहयोग पञ्चकन्या गाउँपालिका कृषि विकास शाखा र नमुना स्वावलम्बन कृषि तथा पशुपालन समूहको रहेको थियो।

प्रतिक्रिया दिनुहोस्