ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

पूर्वी नवलपरासी,असार ३ । पूर्वी नवलपरासीको मध्य विन्दु नगरपालिका १५ स्थित सिमराको गिरुवारी खोलामा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान ना ७ त २९६७ नम्बरको ट्याक्टर खोला तर्दै गर्दा अनियन्त्रित भई अचानक पल्टिएको थियो ।
दुर्घटनामा परेर ट्याक्टरमा सवार ३६ वर्षीया यम कुमारी थनेत थारुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
दुर्घटनामा ट्याक्टरमा सवार अन्य तीन जना भने सकुशल रहेका छन् । ट्याक्टरका चालक ४२ वर्षीय दोरन थारु, मृतकका श्रीमान् हुन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव घटनास्थलबाट निकालेर थप परीक्षण तथा कानुनी प्रक्रियाका लागि मध्य विन्दु प्रादेशिक अस्पताल डन्डा अस्पताल पठाइएको छ ।