पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध



चितवन,असार ३— नारायणगढ–मुग्लिन सडक खण्ड तुइनखोलामा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार आज (मंगलवार) दिउँसो करिब १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा खसेको सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको हो।

सिंहका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम जारी छ। पहिरो हटाउन कम्तीमा दुई घण्टाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्