नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो

काठमाडौं,असार ४ । नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ । त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत स्कटल्याण्डमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो ।
स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा पूरा गरेको हो ।
स्कटल्याण्डलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले ४ विकेट लिए ।
श्रृङ्खला अन्तर्गतको हिजो भएको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो ।