सरकारी जागिरेलाई अब पेन्सन होइन, सामाजिक सुरक्षा कोष



काठमाडौं,असार २१ । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन वा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ। अर्थ मन्त्रालयले सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थानहरूलाई सो व्यवस्था कार्यान्वयन गर्न पत्राचार गरिसकेको छ।

२०७५ सालदेखि लागू भएको निवृत्तिभरण कोष ऐन अनुसार अब नयाँ नियुक्त कर्मचारीको पेन्सनको जिम्मेवारी सरकारले नलिने स्पष्ट गरिएको छ। हाल कतिपय संस्थामा पेन्सन सुविधा कायम भए पनि दीर्घकालीन दायित्व सरकारले बेहोरिरहेकाले उक्त नीति परिवर्तन गरिएको हो।

अर्थमन्त्रीस्तरीय असार २० गतेको निर्णयअनुसार सामाजिक सुरक्षा प्रणालीको कार्यान्वयन प्रक्रिया अघि बढाइएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्