नुवाकोटका गायक तिवारीले ल्याए पुरुष भावनालाई उजागर गर्ने गीत ‘कहाँ होला रुनी ठाउँ’



काठमाडौं, असार २३ । पुरुषका मौन पीडा, भित्रिएका आँसु र लुकाइएका भावनालाई उजागर गर्ने भावनात्मक गीत ‘कहाँ होला रुनी ठाउँ’ गीतको भिडियो सार्वजनिक गरिएको छ। नुवाकोट सुर्यगढी – ५ गणेस्थान स्थायी निवासी बसन्त तिवारीको शब्द, संगीत तथा स्वरमा तयार भएको यो गीतमा गायकसँगै निरु गुरुङको सशक्त आवाज सुन्न सकिन्छ।

गीतको संगीत संयोजन पूर्ण संयोगले गरेका हुन् भने रेकर्डिङ सागर बाजुरालीले मालश्री स्टुडियोमा गरेका हुन्। गीतको निर्माणमा अविन अधिकारीले सहयोगी साझेदारको रूपमा साथ दिएका छन्।

“समाजमा पुरुषलाई रोएर भावनाहरू पोख्न छुट छैन भन्ने मानसिकतामाथि प्रश्न उठाउँदै हामीले यो गीतमार्फत पुरुषहरूको मनभित्रका कहिन नसकिएका कुरालाई व्यक्त गर्ने प्रयास गरेका छौँ,” गीतका सर्जक बसन्त तिवारीले बताए।

गीतमा पुरुष पात्रको चोट, पीडा र अव्यक्त संघर्षलाई संगीत र भावपूर्ण शब्दमार्फत प्रस्तुत गरिएको छ। नेपाली संगीतमा कमै मात्रामा व्यक्त हुने पुरुषकेन्द्रित संवेदना समेटिएको यस गीतले युवाहरूको मन छुने अपेक्षा गरिएको छ।

‘कहाँ होला रुनी ठाउँ’ गीत विभान्स युट्युब अफिसियल च्यानल एमार्फत सार्वजनिक गरिएको छ, जसमा भिडियो वा लिरिक भिडियोको माध्यमबाट दर्शक तथा श्रोतासम्म पुगोस् भन्ने उद्देश्य राखिएको छ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्