त्रिशुली अस्पतालमा निःशुल्क मतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ३७ जना लाभान्वित



नुवाकोट, असार २४। त्रिशुली अस्पताल नुवाकोट सोमबार निःशुल्क मतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आइ सेन्टर नुवाकोट र त्रिशुली अस्पतालको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो।

शिविरमा ३७ जना मतियाबिन्दु पीडित बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको छ। शल्यक्रियामा तिलगंगा आँखा प्रतिष्ठान, त्रिशुली अस्पताल र भक्तपुर अस्पतालका नेत्र रोग विशेषज्ञहरूको संयुक्त टोलीको सहभागीता थियो।

शिविरले दृष्टिविहीनता अन्त्य गर्न र ग्रामीण क्षेत्रका आर्थिक रूपले विपन्न नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा दिने उद्देश्य राखेको आयोजक संस्थाहरूले जनाएका छन्।

स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकको सहभागितामा निःशुल्क सेवा पाउँदा बिरामी र परिवारजनले राहत महसुस गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्