भोटेकोशीमा चीनबाट आयो भीषण बाढी, रसुवा प्रशासनको सतर्कता अपील



रसुवा, असार २४ । चीनतर्फबाट आएको ठूलो बाढीका कारण भोटेकोशी नदीमा पानीको सतह अत्यधिक बढेको जनाउँदै रसुवा जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनका अनुसार गएरातिको भीषण वर्षासंगै चीनको केरुङ क्षेत्र हुँदै रसुवागढी नाका भएर भोटेकोशीमा ठूलो मात्रामा बाढी प्रवेश गरेको हो। नदीको बहाव तीव्र बनेकाले तटीय बस्तीहरूमा जोखिम बढेको भन्दै स्थानीयवासीहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीय प्रशासन उद्धार तथा जोखिम न्यूनीकरणमा तदारुकताका साथ कृयाशील रहेको जानकारी पनि दिइएको छ। हाल नदी किनारका बस्तीहरूमा निगरानी बढाइएको छ भने सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरेर तत्कालीन आवश्यक कदम चालिएको प्रशासनले जनाएको छ।

प्रशासनले सम्भावित थप बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका सबैलाई नदी किनारमा जान नगर्न, सतर्क रहन र सूचना बुझ्दै सुरक्षित रहन पुनः अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्