त्रिशूली नदीमा दुई जनाको शव फेला



धादिङ,असार २४ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ । त्रिशूली खोलाको किनारमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिएका छन्  ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा दुई वटा शव फेला परेको हो ।

फेला परेको शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताउनुभयो । शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष  छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको हमालको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्