त्रिशूली नदीमा फसेका दम्पतीको उद्धारपछि मुख्यमन्त्रीद्वारा अस्पतालमा भेटघाट



नुवाकोट, असार २४ । नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा मंगलबार फसेका स्थानीय पाल्देन तामाङ र उनकी श्रीमती मङ्गली तामाङको सफल उद्धारपछि अहिले त्रिशूली अस्पतालमा उपचाररत रहेका छन्।

बाढीका कारण नदीमा फसेका दम्पतीको अवस्था बुझ्न बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुरसिंह लामा तामाङ आज अस्पताल पुगेका थिए। मुख्यमन्त्री लामासँगै विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, तथा सुरक्षा निकायका प्रमुखहरू समेत उपस्थित थिए।

अस्पतालमा भेटघाटपछि अधिकारीहरूले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

प्राकृतिक विपत्तिका बेला नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर समन्वित रूपमा काम गर्न स्थानीय तहदेखि प्रदेश सरकारसम्मका प्रतिनिधिहरू जुटिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्