भोटेकोशी र सुनकोशी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह



सिन्धुपाल्चोक,असार २४ । तिब्बत तर्फ भइरहेको अविरल वर्षाका कारण नेपाल–चीन सीमा क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

“छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भईरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको चिनियाँ अधिकारीबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले त्यहाँका बासिन्दाहरूलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ।” प्रशासनले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ।

जिल्ला प्रशासनले विशेषगरी नदी किनारका बासिन्दाहरूलाई सावधानी अपनाउन भनेको छ भने अरनिको राजमार्ग (बन्देदेखि लिपिङसम्म) मा सवारी साधन सञ्चालन गर्दा पनि विशेष ध्यान दिन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्