उद्योग समितिको बैठकमा त्रिवि छात्रावास र औषधि आपूर्तिका विषयमा छलफल



काठमाडौं,असार २७ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयको छात्राबासको खानेपानी र सरसफाइका सम्बन्धमा छलफल भएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा त्रिवि छात्रावासका छात्राहरूले शुद्ध पिउने पानी नपाएका सम्बन्धमा  अनुगमन गरी आज समितिले छलफल गरेको हो ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राध्यापक डाक्टर अकलदेव मिश्रले त्रिवि छात्राबासमा सरसफाई र शुद्ध खानेपानी अभाव भएको समाचार बाहिरिएपछि सुधार गरेको जानकारी दिए । 

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. कृष्णप्रसाद पौडेलले सरकारले औषधि लिमिटेडले उत्पादन गरेको सिटामोल, जीवनजललगायतका औषधी जिटुजी मार्फत् खरिद गर्न लागेको बताए। 

बैठकमा सांसदहरु  रेखा यादव, सूर्यमान दाङ, हेमराज राई, कान्तिका सेजुवाल, पूजा मिजारलगायतले त्रिभुवन विश्वविद्यालयको छात्रावासको दयनीय अवस्था रहेको भन्दै त्यसलाई तत्काल सुधार गर्नुपर्नेमा जोड दिए । 

सांसदहरुले विकटका जिल्लाहरूमा अझै सर्वसाधारण नागरिकले जीवनजल र सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले सरकारले स्वास्थ्य सेवालाई सबैतिर प्रभावकारी रूपले पुर्‍याउनुपर्ने विचार व्यक्त गरे। 

प्रतिक्रिया दिनुहोस्