यस्तो छ आजको मौसम
काठमाडौं,असार २८ । गएराति देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको छ ।
भेलबाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो र राति भने केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

