प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई



काठमाडौं,असार २८ । प्रधानमन्त्री केपी शर्माले साफ यु-२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन्  ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६-१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिएका हुन्  ।

“साफ यु–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई !” प्रधानमन्त्री ओलीले लेखेका छन्  ।

शुक्रबारदेखि बङ्गलादेशमा साफ यु-२० महिला कप प्रतियोगिता सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्