सप्तरीमा युवकमाथि खुकुरी प्रहार
सप्तरी,असार २९ । सप्तरीको राजविराज नगरपालिका–८ स्थित पुलचौकमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ । सोही नरपालिकास्थित पुलचोक बस्ने १८ वर्षीय सुमित कुमार मण्डलमाथि खुकुरी प्रहार भएको हो ।
आपसी वादविवादका क्रममा सोही ठाउँका २२ वर्षीय मुकेश मण्डलले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनले खुकुरी प्रहारबाट सुमितको टाउकोमा चोट लागेको तथा उहाँको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको जानकारी दिए ।
यता खुकुरी प्रहार गर्ने मुकेश फरार भएको तथा उनको खोजी कार्य तीव्र रुपमा भइरहेको नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

