पञ्चकन्या गाउँपालिकामा वैदेशिक रोजगारीसम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रम
नुवाकोट,असार २९ — पञ्चकन्या गाउँपालिकामा वैदेशिक रोजगारीले गरिबी निवारण र सामाजिक सुरक्षामा पारेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम पञ्चकन्या गाउँपालिकाको रोजगार सेवा केन्द्रमा आयोजना भएको हो।
गाउँपालिकामा कार्यरत रोजगार संयोजक सरोज कुमार खातीले तयार पारेको “वैदेशिक रोजगारीले गरिबी निवारण र सामाजिक सुरक्षामा पारेको प्रभाव (नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकाको एक अध्ययन)” शीर्षकको शोधपत्र पालिकाका अध्यक्ष तेज बहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत हिराधन राईसहित अन्य कर्मचारीहरूको उपस्थितिमा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङले वैदेशिक रोजगारीसँग जोडिएका योजनाहरूलाई अझ प्रभावकारी बनाउन अध्ययनले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे। साथै उनले पञ्चकन्या गाउँपालिकालाई समृद्ध बनाउने साझा अभियानमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि अनुसन्धानले वैदेशिक रोजगारीसम्बन्धी नीतिगत तथा योजनागत निर्णयमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए।

