नुवाकोटको भद्रुटारमा लडेर बालकको मृत्यु



नुवाकोट,असार ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित चुहानडाडामा आइतबार एक बालकको खेतको कान्लाबाट लडेर ज्यान गएको छ।

स्थानीय उद्धव गिरीका ११ वर्षीय छोरा मनिष गिरीको घर नजिकैको खेतमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएको र उपचारको क्रममा ज्यान गएको पञ्चकन्या गाउँपालिका स्रोतले जनाएको छ।

खेतको कान्लाबाट लड्दा उनी ढुङ्गामा बजारिएका थिए। गम्भीर अवस्थामा उनलाई उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, काठमाडौं लगिएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्।

घटनापछि गाउँमा शोकको वातावरण छ। स्थानियले वर्षायाममा बालबालिकाको सुरक्षामा अभिभावक र समाजले थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्