पञ्चकन्या गाउँपालिका वडा नं. १ को कार्यालय सर्यो



नुवाकोट, असार ३० । पञ्चकन्या गाउँपालिका वडा नं. १ को कार्यालयबाट प्रदान गरिँदै आएका सम्पूर्ण सेवा अब बानियाँटारस्थित सामुदायिक साँस्कृतिक भवनबाट नियमित सञ्चालन हुने भएको छ।

वडाध्यक्ष महानन्द ढकालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार वडा नं. १ निवासी मैयादेवी लामिछानेको घरमा हालसम्म सञ्चालनमा रहेको वडा कार्यालयलाई स्थानान्तरण गरिएको हो। अबदेखि सो स्थानबाट नजिकैको बानियाँटार सामुदायिक पुस्तकालय तथा इन्द्रायणी माध्यमिक विद्यालयसँगै रहेको भवनबाट सेवा प्रदान गरिने जनाइएको छ।

स्थानान्तरणपछिको नयाँ कार्यस्थलबाट सबै सेवा यथावत् रूपमा सञ्चालन हुने जनाउँदै वडाले यस सम्बन्धमा जानकारी दिनका लागि सूचना प्रकाशित गरेको हो। स्थानीयवासीहरूले सेवा लिन जाँदा अब नयाँ स्थानमा पुग्नुपर्नेछ।

पञ्चकन्या गाउँपालिकाको यो निर्णय सेवाको पहुँच र सुगमता बढाउन गरिएको वडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्