छाउगोठ भत्काउन पालिकालाई पत्राचार



कंचनपुर,असार ३० । कञ्चनपुरमा छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले पालिकाहरूलाई पत्राचार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार जिल्ला स्थित नौ वटै पालिकालाई पत्राचार गर्दै छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न आग्रह गरेको हो ।

शनिबार कृष्णपुर नगरपालिका–१ निगालिमा छाउगोठमा बसेका २८ वर्षीय कमला दमाईको सर्पले डस्दा ज्यान गएपछि जिल्लाका अन्य पालिकामा समेत जोखिम कायम रहन सक्ने भन्दै छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न सबै पालिकाहरूलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । 

प्रमुख जिल्ला अधिकारी ढकालकाअनुसार नौ वटै स्थानीय तहमा छाउपडी गोठ भत्काई परम्परागत रूपमा चलिरहेको कुप्रथा उन्मुलन गर्न विशेष अभियान सञ्चालन गर्न जरुरी रहेको छ । 

कुप्रथाको अन्त्य गरी जिल्लालाई छाउगोठ मुक्त बनाउन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । 

प्रतिक्रिया दिनुहोस्