विकास भएको छैन भन्नु भ्रम फैलाउनु हो : महामन्त्री शर्मा
झापा,असार ३१ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ मा सोमबार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनी पुर्जा वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा भइरहेको विकासलाई नदेखेजस्तो गर्दै ‘केही भएको छैन’ भन्नु भ्रम फैलाउनु मात्र भएको बताए ।
झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता शर्माले जताततै सडक, पुल, खानेपानी, विद्युत् विस्तार र अस्पतालको सुविधा लगायतका विकासका काम भएको चर्चा गरे ।
सोमबार बुद्धशान्ति गाउँपालिका–४ का १९५ जना भूमिहीनलाई जग्गाको धनीपूर्जा वितरण गरिएको पालिकाका अध्यक्ष मनोज प्रसाईँले जानकारी दिए ।

