कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
कञ्चनपुर,असार ३१ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ कालागड टोलमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भातको नङ्ग्रा जङ्गलबाट ल्याइएको च्याउ खाँदा ६३ वर्षीया कालु सुनारसहित उनका नातिनी १८ वर्षीया निशा सुनार, नाति १६ वर्षीय भीम सुनार, १२ वर्षीय वसन्त सुनार र आठ वर्षीय मन्सु सुनार बिरामी भएका हुन्।
विषालु च्याउ खाँदा सोमबार उनीहरू अस्वस्थ भएपछि दोधारा चाँदनी अस्पतालमा भर्ना गरिएको थियो। हाल सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
प्रहरीले जङ्गलबाट ल्याइने वनस्पति तथा च्याउ जस्ता वस्तु उपभोग गर्दा सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।

