७८ लाख घुस प्रकरणमा मुछिएपछि मन्त्री राजकुमार गुप्ताको राजीनामा
काठमाडौं,असार ३१ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस प्रकरणमा मुछिएपछि मंगलबार पदबाट राजीनामा दिएका छन्।
भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवासँग सम्बन्धित घुस बार्गेनिङको अडियो सार्वजनिक भएपछि चर्को आलोचना भएपछि गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन्।
गुप्ताले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन सहयोग होस् भन्ने उद्देश्यले पद त्याग गरेको बताएका छन्।

