धादिङमा १४३ किलो गाँजासहित भारतीय नागरिक पक्राउ



धादिङ,असार ३१ — धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ स्थित आँपटारबाट १४३ किलो अवैध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भारत बिहार रक्सौलका सरहज मियाँ सवारीसाधनमार्फत लागुऔषध ओसारपसार गर्दै गर्दा पक्राउ परेका हुन्। गजुरी र ताल्ती प्रहरी चौकीको संयुक्त टोलीले च्यासिसमा फल्स बटम बनाएर लुकाइएको अवस्थामा ३१ पोकामा गाँजा बरामद गरेको हो।

पक्राउ परेका मियाँलाई गजुरी इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्