नेप्से ३४ अंकले उकालो, कारोबार ९ अर्ब नाघ्यो
काठमाडौं,असार ३१— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक सोमबार ३४.४६ अंकले बढेर २,७६०.१७ विन्दुमा पुगेको छ। यो १.२६ प्रतिशतको वृद्धि हो।
आज ३१७ कम्पनीका २ करोड ६५ लाखभन्दा बढी कित्ता शेयर ७४ हजार पटकभन्दा बढी कारोबार हुँदा कुल कारोबार रकम ९ अर्ब ४१ करोड रुपैयाँ नाघेको नेप्सेले जनाएको छ।
सभी उपसूचक हरियो भएका छन्। बैंकिङ, वित्त, जलविद्युत्, लघुवित्त, बीमा, होटललगायत सबै समूहमा वृद्धि देखिएको छ।
सबैभन्दा धेरै वृद्धि सुपर मादी हाईड्रोपावरको शेयरमा (८.०८%) र सबैभन्दा धेरै गिरावट भगवती हाईड्रोपावर (४.६४%) मा देखिएको छ।
कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रहँदा शेयर संख्याका आधारमा प्रभु सेलेक्ट फन्ड सबैभन्दा अगाडि रहेको छ।

