नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेको शपथ आज साँझ ६ बजे 



काठमाडौं,असार ३२ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहण कार्यक्रम आज साँझ बजेका लागि तय गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई हिजो सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन।

यसअघि सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ताले घुस प्रकरणमा परेर विवादित बनेपछि प्रधानमन्त्रीको निर्देशनमा हिजो राजीनामा गरेका थिए ।

नव नियुक्त मन्त्री न्यौपाने राष्ट्रिय सभाको सदस्य हुन ।

प्रतिक्रिया दिनुहोस्