विदुर नगरपालिकाबाट १५ जना प्राविधिक विद्यार्थीलाई छात्रवृत्ति प्रदान



विदुर, असार ३२ — विदुर नगरपालिकाले नियमित रूपमा सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रम अन्तर्गत यस वर्ष १५ जना प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ।

नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपाने, शिक्षा शाखा प्रमुख नवराज सापकोटा र योजना शाखा प्रमुख हरिप्रसाद प्याकुरेलको उपस्थिति रहेको थियो।

विदुर नगरभित्र सञ्चालित पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा बाली विज्ञान, पशु विज्ञान र होटल म्यानेजमेन्ट विषयमा अध्ययनरत ती विद्यार्थीहरूलाई एक शैक्षिक सत्रमा लाग्ने सम्पूर्ण शुल्क बराबरको छात्रवृत्ति रकम चेकमार्फत प्रदान गरिएको हो।

विदुर नगरपालिकाले प्राविधिक शिक्षामा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्