कर्णालीमा आज सार्वजनिक बिदा



कर्णाली,साउन १ । कर्णाली प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेशमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइने भयकाले सार्वजनिक बिदा दिइएको हो ।

हरेक वर्ष साउने १ गते यो पर्व मनाउने प्रचलन रहेको छ । २०८१ चैत १७ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आज सार्वजनिक बिदा दिएको हो ।

यसअघि पनि कर्णालीमा साउन १ गते सार्जनिक बिदा दिने गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्