अकबरे खुर्सानीको मोह धादिङका किसानहरू प्रति बढ्दो
धादिङ,साउन २ । पछिल्लो समय अकबरे खुर्सानीको निकै चर्चा हुन थालेसँगै धादिङका किसानहरूले पनि यसको व्यवसायीक खेती सुरु गर्यौ ।
खुर्सानीको उत्पादन समेत निकै राम्रो भयो तर बजारको अभावका कारण भने खुर्सानीको बिक्रीमा समस्या भए पछि किसानहरूमा चिन्ता थपिएको छ । धादिङको खनीयाँ वास र ज्वालामुखी गाउँपालिकाको झर्लाङ्ग र ढोलालगाएत नीलकण्ठ नगरपालिकाको पात्लेका किसानहरूले यसको व्यवसायी खेती सुरु गरेको हुन् ।
यसले एका तीर युवा स्वरोजगार बनेका छन् भने लर्कोतिर वार्षिक लाखौँ रकम गाउँ भित्रिएको छ । थोरै जमिनमा गरेको नगदे बाली खुर्सानी खेतीबाट आम्दानी प्रशस्त लिन सकिने ज्वालामुखी गाउँपालिका स्थित ढोलामा व्यवसायी तरकारी खेती गर्दै आएका किसान भीमसेन श्रेष्ठको भनाई छ । तर उत्पादन अनुसारको बजार अभाव र त्यसमाथि बिचौलियाको चलखेलका कारण भने किसानहरूमा समस्या थपिएको गएको भनाइ छ ।
वार्षीक एक सिजनमा अहिले बिचौलियाले दिएको मूल्य अनुसार पाँच हजार बोट अकबरे खुर्सानी लगाएका किसानले चार लाख आम्दानी गरेको भनाई छ ।
अहिले उत्पादन भएको खुर्सानी धादिङका बजारहरूमा मात्रै बिक्री नहुने भए पछि काठमाडौँ र पोखरालगायत चितवन पठाउनु पर्ने बाध्यता रहेको व्यवसायी रूपमा अकबरे खेतीमा लागेका किसानको भनाई छ । किसानहरूको उत्पादन टाढा टाढाका बजारहरूमा बिक्रीका लागी लग्नु पर्दा ढुवानी खर्च निकै लाग्ने भएकोले समस्या भएको हो । यसो त अझै बिचौलियाका कारणले गर्दा त झनै समस्या हुने गरेको भनाई छ । प्रति किलो दुई सय पचासमा किसानहरूसँग व्यापारीहरूले खुर्सानी खरिद गरी बजारमा छ सय सम्म खुद्रा बिक्री गर्ने गरेको छ । यसले एका तिर किसानहरूले उत्पादन गरेको बस्तुहरूको मूल्य नपाउने अर्को तिर बजारमा उपभोक्ताहरूलाई महँगो मूल्य पर्दा किसान र उपभोक्ता दुवै मारमा पर्ने गरेका छन् ।
प्रति बोट खुसार्नीले एक सिजनमा सात देखी दश किलोसम्म उत्पादन दिएको बताउँदै सरकाले उत्पादित बस्तुहरूको बजारको जिम्मा मात्रै लिइदिएको खण्डमा पनि किसान र उपभोक्ता दुबैलाई फाइदा पुग्ने देखिन्छ । यसले किसानहरूलाई कृषि उपज उत्पादनमा समेत थप प्रोत्साहन मिल्ने देखिन्छ छ । यस वर्षको सिजनमा एउटै किसानको बारीमा तिन देखी पाँच टनसम्म अकबरे खुर्सानी उत्पादन भएको किसानहरूको भनाई छ ।

