विदुर नगरपालिका–३ की अशक्त ज्येष्ठ नागरिकलाई ह्वीलचियर सहयोग



विदुर, साउन २ । विदुर नगरपालिका–३ निवासी ८१ वर्षीया ज्येष्ठ नागरिक सावित्रीदेवी रिमाललाई नगरपालिकाको तर्फबाट ह्वीलचियर सहयोग प्रदान गरिएको छ। शारीरिक रुपमा अशक्त भई हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकी रिमाललाई नगरप्रमुख राजन श्रेष्ठले सोमबार उनको परिवारलाई उक्त सहायतासामग्री हस्तान्तरण गरे ।

नगरपालिकाले ज्येष्ठ नागरिक तथा शारीरिक अशक्त व्यक्तिहरूको जीवन सहज बनाउन यस किसिमको कार्यक्रम संचालन गरेको हो। ह्वीलचियर प्राप्त भएपछि सावित्रीदेवीको आवागमनमा सहजता आउने विश्वास लिइएको छ।

नगरप्रमुख श्रेष्ठका अनुसार आगामी दिनहरूमा नगरभित्रका अन्य शारीरिक रुपमा अशक्त ज्येष्ठ नागरिकहरूलाई समेत यस्ता सहयोग उपलब्ध गराउने लक्ष्य लिइएको छ।

प्रतिक्रिया दिनुहोस्