विदुरमा विविध सीपमूलक तालिमको समापन, प्रमाणपत्र वितरण
नुवाकोट, साउन २ । विदुर नगरपालिका र इलम प्रशिक्षण केन्द्रको साझेदारीमा सञ्चालित आधारभूत कम्प्युटर तालिम तथा नुवाकोट उद्योग वाणिज्य संघको सहकार्यमा बागमती प्रदेशको ‘प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद्’ हेटौंडाबाट सञ्चालित विविध सीपमूलक तालिमहरूको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
साउन २ गते आयोजित समापन कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्रशिक्षार्थीहरूलाई तालिम सफलतापूर्वक सम्पन्न गरेबापत प्रमाणपत्र वितरण गरिएको थियो।
उपप्रमुख बोगटीले यस्ता तालिमहरूले युवाहरूमा रोजगारीको अवसर सिर्जना गर्ने र आत्मनिर्भर बन्ने दिशामा टेवा पुर्याउने बताउँदै आगामी दिनमा समेत तालिम कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरिन।

