भारतमा बन्द प्रशिक्षणका लागि २० नेपाली क्रिकेट खेलाडीको नाम सार्वजनिक
काठमाडौं, साउन ३ – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप भारतमा आयोजना हुने दोस्रो चरणको बन्द प्रशिक्षणमा सहभागी हुने २० खेलाडीको नाम सार्वजनिक गरेको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै क्यानले साउन ५ गतेदेखि १८ गतेसम्म भारतको बैंगलोरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा हुने प्रशिक्षणका लागि टोली घोषणा गरेको हो। उक्त प्रशिक्षण भारतीय क्रिकेट बोर्ड (BCCI) को सहयोगमा सञ्चालन गरिनेछ।
पहिलो चरणको बन्द प्रशिक्षणमा सहभागी केही खेलाडी यस चरणमा परेका छैनन्। क्यानका अनुसार दोस्रो चरणमा १२ जना खेलाडी बाहिरिएर नयाँ अनुहारहरू समेटिएका छन्।
बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरू
– रोहितकुमार पौडेल
– कुशल भुर्तेल
– आशिफ शेख
– लोकेश बम
– अनिलकुमार साह
– भीम सार्की
– आरिफ शेख
– दिपेन्द्रसिंह ऐरी
– कुशल मल्ल
– रुपेशकुमार सिंह
– विवेककुमार यादव
– रिजन ढकाल
– प्रतिश जिसी
– नन्दन यादव
– युवराज खत्री
– साहब आलम
– सन्दिप जोरा
– सागर ढकाल
– आकाश चन्द
– शुभ कंसाकार

