‘कोरा साइकल च्यालेन्ज–२०२५’ विदुरबाट नुवाकोटतर्फ अघि बढ्दै, १५० भन्दा बढी सहभागी
विदुर, साउन ३ – शारीरिक स्वस्थता, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन र वातावरणमैत्री यात्राको सन्देशसहित ‘KORA साइकल च्यालेन्ज–२०२५’ विदुरबाट नुवाकोटतर्फ अघि बढेको छ।
परोपकारी उद्देश्यले आयोजना गरिएको यस चुनौतीपूर्ण साइकल यात्रामा १५० भन्दा बढी साइकल यात्रीहरूको सहभागिता रहेको छ।कार्यक्रमको उद्देश्य शरीरलाई सक्रिय राख्नुका साथै स्थानीय धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा जनचेतना जगाउनु रहेको आयोजकले बताएका छन्। साथै, वातावरण संरक्षण र हरित यात्रालाई प्रोत्साहन गर्न यस यात्राले सशक्त सन्देश दिने विश्वास लिइएको छ।
नुवाकोट हुँदै विभिन्न गन्तव्यतर्फ अघि बढ्ने यो यात्रा सहभागीहरूका लागि साहसिक, प्रेरणादायी र सामाजिक उद्देश्यले भरिएको रहेको आयोजकको भनाइ छ।

