नुवाकोटको तादी खोलामा डुबेर बेपत्ता किशोरको शव भेटियो
नुवाकोट, साउन ३ – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित तादी खोलाको छेउमा रहेको दहमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका किशोरको शव आज फेला परेको छ।
टोखा नगरपालिका–३ काठमाडौं निवासी १८ वर्षीय उत्सव श्रेष्ठ साउन २ गते करिब ४:३० बजे दहमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी कार्य सुरू गरिएको थियो।
लगातारको खोजीपछि साउन ३ गते विहान दुप्चेश्वर गाउँपालिका–५ स्थित भ्याङ्ले क्षेत्रको पक्की पुलभन्दा तल उत्सवको शव फेला परेको प्रहरीले जनाएको छ।
यस घटनाले स्थानीय क्षेत्रमा शोकको छायाँ छाएको छ भने दह तथा खोलामा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

