एमालेको पोलिटब्युरो बैठक आज पनि जारी



काठमाडौं,साउन ३ । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज पनि पार्टी मुख्यालय च्यासलमा जारी रहने भएको छ। हिजोदेखि सुरु भएको बैठकमा विशेष गरी पार्टीको विधान महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल केन्द्रित भएको छ।

शुक्रबारको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हालको राजनीतिक अवस्था र विधान महाधिवेशनका सम्बन्धमा उठेका विभिन्न प्रश्नबारे विस्तृत जानकारी दिएका थिए ।

पार्टी नेताहरूका अनुसार, अहिलेको मुख्य कार्य विधान महाधिवेशन तयारी भएकाले बैठक त्यसैमा केन्द्रित छ। पोलिटब्युरो सदस्यहरूले आ-आफ्ना धारणा राख्ने क्रम पनि निरन्तर चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्